२०८३ भाद्र २९ गते सोमवार

दुई हजार बर्ष पुरानाे शिला चाेरि



दुई हजार बर्ष पुरानाे शिला चाेरि

कमल शाही
स्वाभिमान खबर, सुर्खेत

अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका ८ बारलामा अवस्थित वडीमालिका मन्दिर कि कान्छी बहिनी नवदुर्गा माता को मन्दिर को सिला चोरिएको छ ।करिब २००० वर्ष पुरानो शिला रिठु राजाको पालामा साविक को बारला गाविस बाट विहान भैंसी को दुध दोएर बाजुरा को वडी मालिका मा जानू हुन्थ्यो । पुजा हुने बिहान काे राति रिठु राजालाई सपना देखियो ।

तिमीलाई यति टाढा बाट आउन समस्या भयो अब देखि तिमीले पुजा गर्न बडिमालिका आउनु पर्दैन हामी सबै बहिनी मध्ये एक बैहिनी त्यहाँ आउन्छु भनेर सपना देखा पर्ये।बिहानै उठेर भैंसीको दूध दुएर बडिमालिका पुजाकाे लागि हिडे बाटोमा जाँदै गर्दा धारापानि भन्ने ठाउँमा सानो बच्चाको खुट्टाको छाप देखा पर्ये बिहानै बच्चाको आल्लाे छाप देखा परे पछि राजालाई राति देखा पर्येकाे सपनाको याद आयो त्यो छापलाई पन्छ्याउदै जादाँ माथि कुईकाल्लेकाे डाँडामा दैलेख जिल्ला तिर फर्केर एउटि महिला कपाल काेरि रहेको अबस्थामा राजाले भेटाए र भेटाएकाे ठाउँमा नै राजाले बडिमालिका पुजाकाे लागि ल्याएको दूध तेहि माथि ढाेलेर शरीर मुर्ति मा परिवर्तन भएको उक्त ठाउँमा पुजा पाठ गर्न सुरु गरेको किबदन्थि रहेको छ ।त्यस पछि उक्त मन्दिर मा बर्षामा निरन्तर जनैपूणिर्मा भन्दा अगाडि पढ्ने त्रदोशि र चतुर दशीमा रुद्री र पुजा पाठ गर्ने र बिजय दसैं भन्दा पछाडि पूणिर्माको अघिल्लो दिन गरेर बर्षमा दुईपटक पुजा गर्ने परम्परा रहेको छ ।

यो मन्दिरमा १९५० शालमा नरहरी नाथ गाउँ पलिका कालिकोट लालु निवासी पर्वले कामी ले मन्दिर को शिला टुटायर ६ वर्ष सम्म पुजा पाठ हुन सकेन त्यस पछि स्थानीय धामी र पुजारी र नाइठाकुर ले तपश्या गर्दा बण्ड भन्ने पानीको तलाउमा तहीरिरहेको अवस्थामा बि स १९५६ सालमा शिला भेटी पछि तेहि सिलालाई मन्दिरमा ल्याई कुईकाल्ले माईकाे पुजापाठ आजको दिन सम्म हुदै आइरहेको थियो । हराएको मुर्ति बिगत १ बर्ष भन्दा यता हराएको अनुमान गरीए पनि हाल उक्त शीला मन्दिर भित्र नरहेको पुजारी कमल अचार्य र नाइठाकुर दिपेन्द्र ,सुरेन्द्र सुरत र वडा अध्यक्ष छत्र शाही ले बताउनु भएको छ ।उक्त शीला ढुंगा को भय पनि शिला मा टाउको ,नाक कान ,मुख हात को कुइनो भन्दा माथि जनै प्रस्टै देखिन्छ उक्त शिला बहुमुल्य भएको अनुमान गरेर चाेर र तस्कर ले चाेरि गरेको अनुमान गर्न सकिन्छ । हराएको मुर्ति खोजी कार्य गरिदिनकाे लागि यहाँका स्थानीयले जिम्मेवार निकाय र नेपाल सरकार संग माग गरेका छन।


यस मन्दिरमा पुजा गर्ने दुई वटा मूर्ति रहेको उक्त मन्दिरमा हाल एउटा मात्र मूर्ति छ । । ढुङ्गाको कलात्मक रूपमा बनाइएको ऐतिहासिक मूर्ति हराएको हो । बडी मालिकाकै अंशको रूपमा उक्त मन्दिर चिनिँदै आएको छ । मन्दिरमा पुजा गरे पछि साेच्चे काे पुग्ने त्यहाँ पुजा गर्ने भक्तजनको धार्मिक बिश्वास रहेको छ भने आफुलाई कुनै ठुलो आपत तथा दु: ख पर्दा कुईकाल्ले मालिका देवी लाई समझने समस्या बाट राहत महसुस भए पछि मन्दिरमा गएर तेहि स्थान बसेर पुजा गर्ने परम्परा रहेको छ । तेस मन्दिरमा पुजा गर्न कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्ला बाट भक्तजनको आगमन हुने गर्द छ ।

श्रौत
सर्जन बहादुर शाही स्थानीय पञ्चदेवल विनायक नगरपालिका ८ बारला अछाम काे सयाेगमा तयार गरेको ।

प्रकाशित मिति : २०८० साउन २४ गते बुधवार