बझाङको बाघ रविन्द्र ढाँटको ऐतिहासिक जित : भारतीय भूमिमा (Matrix Fight Night–17 )को च्याम्पियन बन्न सफल
कमल कुमार शाही
स्वाभिमान खबर साउन १८ , नोएडा, भारत
नेपाली मिक्स्ड मार्शल आर्ट्स (MMA) फाइटर रविन्द्र ढाँटले भारतको नोएडामा सम्पन्न Matrix Fight Night (MFN)–17 मा चमत्कारी जित दर्ता गर्दै बान्टमवेट च्याम्पियनको उपाधि जितेका छन्। ‘बझाङको बाघ’ भनेर चिनिने ढाँटले भारतका चर्चित फाइटर चुङरेंग कोरेनलाई पराजित गर्दै भारतीय भूमिमै विजय काे नेपाली झणडा फहराएका हुन्।
अत्यन्तै रोमान्चक र प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा ढाँटको जबरजस्त आक्रामक प्रहारले कोरेनलाई थामिनसक्नु बनायो। निर्णायक क्षणमा ढाँटको संयमित रणनीति र अडिग आत्मबलले अखडालाई गुन्जायमान बनायो। निर्णायक घोषणा सँगै ढाँटले नेपाली झन्डा गर्वका साथ फहराउँदै अखडा परिक्रमा गर्दा सम्पूर्ण दर्शकदीर्घामा देशभक्तिको माहोल चुलिएको थियो।
राष्ट्रप्रेम, साहस र आत्मबलको प्रतीक बने रविन्द्र ढाँट
यो जित केवल व्यक्तिगत नभई राष्ट्रिय स्वाभिमानको विजय पनि हो। ढाँटको अनुशासन, तयारी, आत्मबल र राष्ट्रप्रेमले आज सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाएको छ। उनी भन्छन्, “यो जित मेरो लागि मात्र होइन, सम्पूर्ण नेपालीका लागि हो। बझाङबाट सुरू भएको मेरो सपना आज विश्वसामु नेपाललाई चिनाउने माध्यम बनेको छ।”
वीर बझाङी रविन्द्रलाई राष्ट्रको नमन
रविन्द्र ढाँटको यस विजयले नेपाली खेलकुदको स्तरलाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ उचाइ दिएको छ। एमएमएको दुनियाँमा उनले राखेको कदमले नेपाली युवाहरूलाई प्रेरणा दिनेछ। बझाङका पहाडी गाउँबाट उठेको यो गोर्खाली साहसी फाइटर अब लाखौं युवाको आदर्श बनेका छन्।
Matrix Fight Night को महत्वपूर्ण संस्करणमा नेपालको झन्डा उच्च
भारतको प्रमुख एमएमए प्रतियोगिता MFN–17 मा नेपालको उपस्थिति मात्र होइन, उत्कृष्ट प्रदर्शन पनि देखिएको छ। ढाँटको जितले नेपाल MMA मा कति सम्भावना बोकेको छ भन्ने कुरालाई विश्वसामु प्रस्तुत गरेको छ।
स्वाभिमान अनलाइनको तर्फबाट वीर नेपाली गोर्खाली रविन्द्र ढाँटलाई सम्मानसहित बधाई!













प्रतिक्रिया दिनुहोस्