इजरायली पर्यटक नेपाल आएर विपिनलाई सम्झिए : “ऊ हाम्रो भाइजस्तै हो”
कमल कुमार शाही
स्वाभिमान खबर काठमाडौं, वैशाख २७
हमास इजरायलकाे युद्धमा परेर इजरायलबाट बेपत्ता भएका नेपाली युवक विपिन जोशीको खोजी र सम्झनामा अहिले विदेशी पर्यटकहरूको हृदय समेत पीडित देखिन्छ। नेपाल घुम्न आएका इजरायली पर्यटकहरू यतिबेला पहाड, मन्दिर र संस्कृतिमा भन्दा पनि विपिनप्रति उनीहरूको गहिरो आत्मीयताले बढी जोडिएको देखिन्छ।
इजरायलबाट नेपाल आएकी पर्यटक नोआ लेभी भन्छिन्, “नेपाल आउँदाखेरि मनमा विपिनलाई बोकेर आएकी हुँ। ऊ सुरक्षित छ भन्ने विश्वास छ, ऊ हाम्रो भाइजस्तै हो।” उनका अनुसार विपिन इजरायलमा हराएका थिए, र त्यसले समग्र इजरायली समाजलाई नै स्तब्ध बनाएको थियो।
“ऊ इजरायली होइन, तर हाम्रो देशबाट हराएको जस्तो लाग्छ,” नोआले भनिन्, “त्यसैले हामीले ऊप्रति परिवारको जस्तै माया गरेका छौं।” उनका अनुसार आफू र साथीहरूले इजरायलमै विपिनको खोजीका लागि विभिन्न पहलहरू गरेका थिए।
उनकाे साथमा नेपाल घुम्न आएका अर्का पर्यटक जिभ इसेन्सटोड भन्छन्, “इजरायलमा आज प्रायः सबैले विपिनको नाम चिन्छन्। उसको सुरक्षित फिर्तीका लागि प्रार्थना र कार्यक्रमहरू पनि गरिरहेएको छन ।” उनले थपे, “विपिनसँग हाम्रो रगतको नाता छैन, तर भावनात्मक सम्बन्ध गहिरो छ। उसको पीडा हाम्रो पनि हो।”
विपिन सन् २०२३ को अक्टोबर ७ मा सुरु भएको हमास र इजरायलबीचको हिंसात्मक युद्धमा बेपत्ता भएको हुन । त्यो दिन हमासले दक्षिण इजरायलमा भीषण हमला गर्दा सयौँ इजरायली नागरिकको ज्यान गएको थियो र हजारौँ घाइते भएका थिए। सोही समयदेखि इजरायल युद्धग्रस्त बन्यो र त्यहीबीचबाट नेपाली विद्यार्थी विपिन जोशी हराएका थिए।
यो युद्धले नेपाली जनसमुदायमा पनि धेरै चासो सिर्जना गर्यो, किनभने त्यस हमलामा नेपाली नागरिकहरूको पनि ज्यान गएको थियो। विपिन भने त्यसयता सम्पर्कविहीन छन्। “हामीले इजरायलमै रहँदा विपिनको बारेमा खबर पायौँ,” नोआले भनिन्, “त्यसपछि ऊ हाम्रो हृदयमा बस्यो, अनि अहिले नेपाल आउँदा पनि उसैको सम्झनाले हामीलाई पछ्याइरहेको छ।”
नेपालमा घुम्न आएका यी पर्यटकहरूको लागि यात्रा केवल रमाइलो र विश्राम मात्र होइन, एकजना हराइरहेका युवकप्रतिको संवेदनाको यात्रा पनि बनेको छ। “नेपाल सुन्दर छ, तर विपिनको खोजी पूरा नभएसम्म यो यात्रा अधुरो नै लाग्छ,” नोआ भन्छिन्।
नेपालको संस्कृति, पहाड र शान्त वातावरणमा रमाउने उद्देश्यले आएका यी पर्यटकहरूको मन यतिबेला बेपत्ता विपिनकै सम्झनाले भरिएको छ। “नेपाल सुन्दर छ, तर विपिनबिना अधुरो लागिरहेको छ,” नोआ भन्छिन्, “हामी यहाँ छौं, तर मन हाम्रो उसको खोजीमै अल्झिएको छ।”













प्रतिक्रिया दिनुहोस्