२०८३ भाद्र २९ गते सोमवार

स्पेनमा बाढिबाट मृत्यु हुनेकाे संस्या २११ पुग्याे अझै मृर्तककाे संख्या बढ्न सक्ने



स्पेनमा बाढिबाट मृत्यु हुनेकाे संस्या २११ पुग्याे अझै मृर्तककाे संख्या बढ्न सक्ने

कार्तिक

स्पेनकाे भ्यालेन्सिया र वरपरका क्षेत्रहरुमा बाढीकाे कारणले २११ जनाको मृत्यु भएको छ ।

भारि बर्षाकाे कारणले दशकौँ यताकै सबैभन्दा घातक बाढीले गर्दा शहर डुब्नुकाे साथै घरहरु भत्केकाे कारणले अझै मृत्युहुनेकाे संख्या बढ्न सक्ने अनुमान गरिएकाे छ ।
भत्किएका घरहरुबाट जीवित व्यक्तिहरू भेट्टाउने आशा कम रहेकाे संञ्चार माध्यामले बताएका छन ।

बाढी प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा उद्धारकाे निम्ति १० हजार सैनिक र प्रहरी खटाइ सकेकाे स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले संञ्चार माध्यामलाई जानकारी दिएका छन् ।

दशकौँ यताकै सबैभन्दा घातक यस प्रकारको विपत्तिका कारण पानीमा डुबेका शहरहरू र भत्किएका पूर्वाधारहरूबाट जीवित व्यक्तिहरू भेट्टाउने आशा क्षीण भएको देखिएको छ।

युरोपमा यस शताब्दीको दोस्रो सबैभन्दा ठुलाे घातक बाढी आएकाे र राहत तथा उद्धार कार्यकाे लागि सुरक्षा कर्मि लगाय राहत सामाग्रीहरु पठाएकाे स्पेनकाे प्रधानमन्त्री कार्यालयले जानकारि दिएकाे छ ।
प्रभावित ठाउँहरुमा खाद्यान्न, बिजुली , खानेपानी लगाएत अन्य अत्तिआवश्यक सामाग्रीहरु समयमा नपुग्दा बाढी पिडितहरु थप प्रभावित भएकाे स्थानीय बासिन्दाहरुले गुनासाे व्यक्त गरेका छन ।

प्रकाशित मिति : २०८१ कार्तिक १७ गते शनिवार