२०८३ भाद्र ३० गते मङ्गलवार

जनप्रतिनिधिले दुई कराेड ५०लालकाे भात खाए अध्यक्ष सहित २२जना कागज मिलाउन पुगे काठमाडौं



जनप्रतिनिधिले दुई कराेड ५०लालकाे भात खाए अध्यक्ष सहित २२जना कागज मिलाउ पुगे काठमाडौं।

१९ माघ , कालिकोट
जिल्लाकाे नरहरिनाथ गाउँपालिकाका जनप्रतिनिधिहरूले एक वर्षमा दुई करोड ५० लाखको भात र खाजा खाएका छन् । आर्थिक वर्ष २०७९/०८० मा गाउँपालिका जनप्रतिनिधि र कर्मचारीहरूले दुई करोड ५० लाखको भात र खाजा खाएका हुन् ।

महालेखा परीक्षकको प्राराम्भिक प्रतिवेदन २०७९/०८० अनुसार एक वर्षको अवधिका जनप्रतिनिधिहरूले दुुई करोड पचास लाखको भात र खाजा खाएका हुन् ।

महालेखा परीक्षकको कार्यालयले ३५ दिनको समयसीमा दिएर सम्परीक्षण गर्न गाउँपालिकामा पठाएको फाइल नेपालभ्यूजले फेला पारेको प्रतिवेदनमा जनप्रतिनिधि र कर्मचारीले दुई करोड ५० लाखको भात खाएको उल्लेख गरिएको छ ।

 

 

यद्यपि, महालेखाले आर्थिक वर्ष २०७९/८०को प्रतिवेदन सार्वजनिक गरेको छैन् । महालेखाले प्रत्येक वर्षको चैत्रमा प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ ।

गाउँपालिकाको सबै शाखा र वडा कार्यालयको खाना तथा खाजा खर्चमा दुई करोड ५० लाख खर्च हुनु स्वाभाविक भएको गाउँपालिका प्रवक्ता प्रदीप बोहराले बताए ।

महालेखाको प्रतिवेदन अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधि औचित्यताको आधार विविध खर्च गर्नुपर्ने व्यवस्था छ ।

यस स्थानीय तहले यो वर्ष खाना खाजालगायतका विविधतर्फ मात्र रू. २ करोड ५० लाख खर्च गरेको छ भने खर्चका प्रमाण हेर्दा बिल मात्र आएको देखिन्छ र त्यस प्रकारको खर्च विभिन्न वडा तथा पालिकाका विषयगत शाखाका कार्यक्रम भएको पालिकाले जनाएको छ ।

यस्तो खर्चमा मितव्ययी कायम गर्नुपर्ने ऐनमा उल्लेख छ ।

त्यस्तै, बेरुजु ३ करोड ९२ लाख ४ हजार ६ सय ९४ रुपैया ७३ पैसा रहेको ठहर गरेको छ । बेरुजुमा असुल गर्नुपर्ने रकम १६ लाख ४८ हजार ८ सय ५०.७ रहेको छ ।

अनियमितता भएको रकम २ करोड ४४ लाख ८८ हजार २ सय ८३ रहेको छ । यस्तै प्रमाणपत्र र कागजात पेश नभएको रकम १ करोड ३० लाख ८७ हजार ४ सय ६१.०३ रहेको छ ।

यस्तै, पालिकाले महालेखालाई उपलब्ध गराएको बिवरण अनुसार संस्थागत विकास, सेवा प्रवाह र सुशासनको क्षेत्रमा सबैभन्दा कम ४.०७ प्रतिशत र सामाजिक विकास क्षेत्रमा सबैभन्दा बढी ४३.५३ प्रतिशत बजेट विनियोजन गरि खर्च गरिएको छ । त्यसैगरी पूर्वाधार विकासमा पालिकाले २२.९६ प्रतिशत मात्र बजेट खर्च गरेको छ ।

कागजात मिलाउन २२ जना कर्मचारी र जनप्रतिनिधि काठमाडौंमा

महालेखा परीक्षकको कार्यालयले ३५ दिनको समयसीमा दिएर सम्परीक्षण गर्न समय दिएका कारणले अहिले लाखौ खर्च गरेर गाउँपालिकाका २२ जना कर्मचारी र जनप्रतिनिधि काठमाडौंमा पुगेका छन् ।

गाउँपालिकामा महालेखा परीक्षकको कार्यालय हरेक विषयगत बजेटमा कैफियत देखाएका कारणले महालेखा परीक्षकको कार्यालयमा कागजात मिलाउन उनीहरू काठमाडौं गएका हुन् ।

 

गाउँपालिका अध्यक्ष नगेन्द्र विष्ट, उपाध्यक्ष कमलकुमार शाह, प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल, विषयगत शाखाका प्रमुख र ९ जना वडा अध्यक्ष अहिले काठमाडौंमा रहेका छन् ।

नरहरिनाथ गाउँपालिकाको विकासका लागि योजना माग्न आफूहरू काठमाडौं गएको उनीहरूको भनाइ छ । महालेखा परीक्षकको कार्यालयले कैफियत देखाएपछि त्यसको हिसाब मिलाउन उनीहरू काठमाडौं गएको स्रोतको दाबी छ ।

प्रकाशित मिति : २०८० माघ १९ गते शुक्रवार