२०८३ भाद्र ३० गते मङ्गलवार

मध्यपश्चिम विश्वविद्यालयमा ” विद्यार्थीसंग अशाेक कुमार राई ” अन्तरक्रिया कार्यक्रम ।



मध्यपश्चिम विश्वविद्यालयमा ” विद्यार्थीसंग अशाेक कुमार राई ” अन्तरक्रिया कार्यक्रम 
१५ माघ , सुर्खेत

मध्यपश्चिम विश्वविद्यालयमा विद्यार्थीसंग अशाेक कुमार राई कार्यक्रम सम्पन्न भएको छ । साेमवार केन्द्रीय कार्यलयकाे सभाहलमा कार्यक्रम भएको हाे । कार्यक्रमकाे अध्यक्षता विश्वविद्यालय उप कुलपति प्रा डा नन्द बहादुर सिंहले गर्नुभएको थियो ।

 

 

प्रमुख अतिथि माननीय शिक्षा , विज्ञान तथा प्रविधि मन्त्री विश्वविद्यालय सहकुलपति अशाेक कुमार राई रहेका थिए । कार्यक्रमलाई स्वागत गर्दै विश्वविद्यालय सेवा आयाेगकि प्रमुखले मध्यपश्चिम विश्वविद्यालयकाे अभिभावक काे भुमिका केन्द्रले ननिभाएकाे आराेप लगाइन । पछिल्लो समय शिक्षा क्षेत्रकाे विकराल समस्याको रुपमा देखिएको बिदेश पलायन राेक्न माननीय मन्त्रीलाई ध्यानाकर्षण गरेकी छन ।

कार्यक्रममा विश्वविद्यालय उपकुलपति ले विश्वविद्यालय काे दिगो 3D गुरुयोजना प्रस्तुत संगै विश्लेषण गर्नुभएको थियो । कर्णाली विकास तिब्र भएको देखाउने एउटा उदाहरण मध्यपश्चिम विश्वविद्यालय भएको मन्त्री राईले बताउनुभयो ।

जस्ले मुक्ति दिन्छ त्यो विद्या हाे । विद्या दिन अनुकूल वातावरण चाहिन्छ त्यो मध्ये भौतिक पूर्वाधार प्रमुख हाे तेसकाे विकास विश्वविद्यालय ले निमार्ण गरेको छ अब गुणस्तर बिकास गर्न सुझाव दिए।यसले सकारात्मक संदेश दिन्छ । विश्वविद्यालय ले सुरु गरेको मौलिक ज्ञानकाे अध्ययन विश्वविद्यालयबाट दिन सुरुवात जाे गरेको छ त्यो कर्णाली विकासकाे सयाेगि बन्नसक्छ उहाँले भनुभयाे ।तेस संगै संगित क्षेत्र अध्ययनले नयाँ र संगित क्षेत्रका विद्यार्थीलाई उज्ज्वल भविष्य बनाउन सकिने छ यसमा पनि जानुपर्छ यसको सुरुवात गरे राम्रो हुने बताउनुभयो ।

स्वागतमा प्रयोग हुने राताे कार्पेट सट्टा पराल बास बाट बनेकाे गुन्द्री प्रयोग गरेकाे त्रिभुवन विश्वविद्यालयममा अनुभव सुनाउनुभयो । यसको प्रयोग हरेक क्षेत्रमा गर्नसकिने यसले आत्मनिर्भर बनाउन सकिनेछ । ब्यवहारमा केही नयाँ सिक्नु पर्छ आज विश्वविद्यालयले सुरु गरेकाे श्रमिककाे समान गर्ने कार्यक्रम विश्वविद्यालयले सुरुवात गरेको छ । समाजमा सबै काम गर्ने मानिसको परिपुरक भुमिका हुन्छ । हामीले श्रम गर्ने र श्रमको समान गर्नु पर्छ । त्रिदेवकाे प्रतीक गुरु हुन गुरुकाे समान गर्नु पर्छ विद्यार्थीले । विश्वविद्यालय आत्मनिर्भर हुने बाटोमा जानुपर्छ हाम्रो चाहना छ ।

यस विश्वविद्यालय काे केन्द्रीय कार्यालयमा संयुक्त विद्यार्थी संगठन र प्राध्यापक संगठनले लगाएको तालाबन्दीलाई लक्षित गर्दै विश्वविद्यालयकाे समस्याको हल सौहार्द रुपमा छलफल र वार्ताबाट समाधान निकाल्ने संकेत गर्नुभयो ।विश्वविद्यालयकाे हित केन्द्रमा राखेर विश्वविद्यालय संचालन गर्न विश्वविद्यालयका पदाधिकारीलाईनिर्देशन दिनुभयो । कर्णाली ख्रस राज्य नेपाल काे उपत्यका राज्यलाई जितने इतिहास बाेकेकाे प्रदेश हाे । यसको विकास र सम्भावनाकाे ठुलो स्रोत यहा रहेको यसको परिचालन गर्न विश्वविद्यालये ज्ञान प्रविधि खाेज तथा अनुसन्धान गर्नुपर्ने कर्णाली काे विकास र परिवर्तन गर्ने दक्ष जनशक्ति यसविश्वविद्यालयले उत्पादन गर्ने विश्वास ब्यक्त गर्नुभयो ।

विश्वविद्यालयले सुरु गरेकाे श्रमिककाे समान गर्ने कार्यक्रम सकारात्मक अनुसरणीय रहेको बताए । विश्वविद्यालय मा श्रम गर्ने चौधरी दम्पतीलाई समान पत्र सहित मन्त्रीकाे हातबाट समान गरिएको थियोे । साे अवसर विश्वविद्यालयले दिएकोमा धन्यवाद दिनुभयो । शिक्षा मन्त्रीले बिहान शिक्षा संकायको भवनको पनि गरेका थिए ।अन्तरक्रिया कार्यक्रमा उपस्थिति सबैलाई धन्यवाद दिदै विश्वविद्यालय रजिस्टार प्रा डा नारायण पौडेलले सम्मापन गर्नुभएको हाे ।

प्रकाशित मिति : २०८० माघ १५ गते सोमवार