२०८३ भाद्र ३० गते मङ्गलवार

अछाममा भालुको आक्रमण बाट दुई जना किशोरी घाइते



अछाममा भालुको आक्रमण बाट दुई जना किशोरी घाइते भएका छन्।
१० माघ , सुर्खेत

रामाराेसन गाउँपालिका वडा नम्बर ५ तडिगैरा कि १९ बर्षिय किरण शाह १८ वर्षिय पार्वति शाह शक्त घाइते भएकि छन।
बुधबार बिहान दाउरा ल्याउन वन तिर जादा २किसाेरि माथि भालुले आक्रमण गरेकाे थियाे ।


घाईते किशाेरिहरुलाई हेलिकप्टर बाट प्रदेश अस्पताल सुर्खेतमा ल्याईएकाे थियाे।
किरण शाहकाे टाउकाे ,घुडा भन्दा तलकाे भागकाे पुरै मासु लुछेर हाडहरु देखिने गरि मासु तानेकाे र शरिरकाे अन्य भागहरुमा छेतबिछेत पारि दिएकाे छ भने अर्कि पार्वति शाहकाे पनि टाउकाे लगाएत शरिरकाे विभिन्न ठाउमा छेदबिछेत पारिदिएकाे छ । हाल प्रदेश अस्पतालमा अप्रेसन भैरहेकाे छ ।
डाक्टरकाे अनुसार शरिरकाे अन्य ठाउँकाे मासु लगेर खुट्टाको पुक्का घाउ भएकाे ठाउँमा र्याप्टि गर्नु पर्ने र साे प्रकृया करिब ८-१० घण्टाकाे समय लाग्ने बताएका छन ।

पारिवारिक अवस्था कमजाेर भएकाले उपचारकाे निम्ति प्रदेश सरकार स्थानीय सरकार लगायत मनकारिहरु संग सक्दाे सहयाेग गरिदिन पारिवारिक स्रोतले अपिल गरेका छन।

घाइते बुधबार बिहान १० बजेको समयमा घर नजिकैको सालिमकाेट जंगलमा दाउरा जाने क्रममा भालुले आक्रमण गरेको हो। घाइते पार्वती काे दाहिने हात भाँचिएको कान च्यात्तिएको छ टाउकोमा गम्भीर चाेट घाउ छ छातीमा चोट लागेको छ ।

पारिवारिक अवस्था कमजाेर भएकाले उपचारकाे निम्ति प्रदेश सरकार स्थानीय सरकार लगायत मनकारिहरु संग सक्दाे सहयाेग गरिदिन पारिवारिक स्रोतले अपिल समेत गरेका छन ।

प्रकाशित मिति : २०८० माघ १० गते बुधवार