सुर्खेतको वीरेन्द्रनगर बजारमा पक्राउ पूर्जीका बिरुद्ध बिराेध प्रदर्शन ।
सुर्खेत , मंसिर १९:
नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी प्रबक्ता प्रकाण्ड सी पिबीएम माइला सी लगायत नेताहरु माथि अदातलले जारी गरेको पक्राउ पुर्जीको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको छ । मंगलबार नेकपा सुर्खेतले वीरेन्द्रनगर बिच बजारमा मसाल जुलुस गर्दै विरोध प्रदर्शन जनाएको हो ।
प्रदर्शनकारीले नेकपा महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी लगायत अन्य नेताहरु माथि काठमाण्डौं जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जी खारेज हुनुपर्ने र राज्यले नेकपा संग गरेको तीनबुँदे सहमति कार्यान्वयन हुनुपर्ने माग राखेका छन ।
नेकपा सुर्खेत जिल्ला सेक्रेटरी जित सी ले पार्टी संग राज्यले गरेको तीनबुँदे सहमतिको पालना गर्नुपर्ने बताए । नेकपाले याे देशमा शान्ति बिकास र अधिकार चाहेको बताएका छन् । नेकपाले यो देशको राजनीतिक समस्या शान्तिपूर्ण तरिकाबाट हल गर्न तीन बुदे सहमति भएको तीन बुदा भित्र नेता कार्यकर्तालाई लगाएका झुटा मुद्दा खारेज गर्ने सहमति भएको हाे भने ।
राज्यले एकातिर सहमति गर्ने र अर्कोतिर राज्यकै निकाय अदालतले नेताहरु प्रति पक्राउ पुर्जी जारी गर्नुले देशलाई अशान्ति तिर धक्ल्ने षड्यन्त्र भइरहेको आराेप लगाए । पक्राउ पुर्जी खारेज गरी राज्यले तीनबुँदे सहमति कार्यान्वयन नगरे आन्दोलन चर्कने उनको भनाइ छ ।
नेकपा कार्यकर्ताले झूटा मुद्दा खारेज गर , पक्राउ पुर्जी खारेज गर , तीनबुँदे सहमति लागू गर, जस्ता नारा लाएर मसाल जुलुस सहित बिराेध प्रदर्शन गरेका हुन
सोमवार जिल्ला अदातल काठमाडौंले महासचिव विप्लव,प्रवक्ता प्रकाण्डसहितका नेताहरुलाई ३५ दिने पक्राउ पूर्जी सहितको गोरखापत्रमा सूचना प्रकाशित गरेको थियो । सोही विरोधमा नेकपाले तीनदिने विरोधका कार्यक्रम आज घोषणा गरेको हो ।














प्रतिक्रिया दिनुहोस्