नेकपा जुम्लाद्वारा पार्टी पुनर्गठन दिवसको अवसरमा सुत्केरीलाई फलफूल वितरण

८ मंसिर, जुम्ला
नेपाल कम्युनिष्ट पार्टी जुम्लाले १० औं पार्टी पूनर्गगठन दिवसकाे अवसरमा सुत्केरी महिलाहरूलाई फलफूल वितरण गरेको छ ।नेपाल कम्यूनिष्ट पार्टी जुम्लाले पार्टी पूनर्गगठन दिवसकाे अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी महिलाहरूलाई फलफूल वितरण गरेको हाे ।
जुम्ला जिल्ला इन्चार्ज आक्रमण सी, सेक्रेटरी सफल सी, जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य कर्ण विश्वकर्मा लगायतको टिम अस्पतालमै पुगेर सुत्केरी र बच्चाको स्वास्थ्यलाभको कामना सहित केरा र फ्रुटी वितरण गरेकाे थियो ।
जिल्ला इन्चार्ज आक्रमणले पार्टी पुनर्गठन दिवसको अवसरमा सुत्केरी महिला दिदीबहिनीहरूलाई पार्टीको तर्फबाट सानो भएपनि सहयोग गर्न पाउदा खुशी लागेको बताउनुभयाे । फलफूल वितरण कार्यक्रममा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सुत्केरी महिलाले पार्टी पुनर्गठन दिवसको शुभकामना सहित धन्यवाद दिएका थिए । यस्तै नेकपा जुम्लाले पार्टी पुनर्गठन दिवसको अवसरमा शुभकामना आदानप्रदान पनि गरेको छ । फलफूल वितरण पछि पार्टी कार्यालयमा पुगेको टिमले आपसमा अविर लगाएर शुभकामना आदानप्रदान सँगै चियापान गरेको थियो ।
https://youtu.be/2vQTL00V5nA?feature=shared














प्रतिक्रिया दिनुहोस्