२०८३ भाद्र २९ गते सोमवार

एमाले उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको निधन ।



एमाले उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको निधन ।

भदौ २६, सुर्खेत

नेकपा एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ। आज राति करिब साढे दुई बजे हृदयघातका कारण निधन भएको एमाले नेता खिमलाल भट्टराईले थाहाखबरलाई जानकारी दिए।

बालुवाटारस्थित निवासमा रहेका बेला ७१ वर्षीय नेम्वाङलाई हृदयघात भएको र त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो। तर, लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

निधनको खबर सुनेपछि एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू त्रिवि शिक्षण अस्पताल पुगेका छन्। वरिष्ठ अधिवक्तासमेत रहेका नेम्वाङ २०७९ को प्रतिनिधिसभा निर्वाचनमा इलामबाट विजयी भएका थिए।

प्रकाशित मिति : २०८० भाद्र २६ गते मङ्गलवार