नगर प्रमुख द्धरा पिडितलाई एक लाख ५३हजारकाे चेक हस्तान्तरण
अविरल बर्षाका कारण घरमा क्षेति भए बापत शिखर ईन्स्याेरेन्सले एक लाख ५६हजारकाे चेक परेक फडेरालाई नगर प्रमुखले हस्तान्तरण गरेका छन ।
विपदकाे जाेखिममा रहेका घरधुरिहरुलाई मध्यनजर गर्दै रास्काेट नगरपालिकाले पालिका भित्र हरेका तिनहजार घरधुरिहरुकाे बिमा वनाइदिकाे थियाे।
रास्काेट नगरपालिका भित्र जाेखिममा रहेका घरधुरिहरुकाे बिमा शिखर ईन्स्युरेन्स कम्पनी र नगरपालिकाे सहकार्यमा
गत बर्ष तीन हजार घरधुरिकाे बिमा बनाईएकाे थियाे।
https://youtu.be/n35o1yOQKhY?si=jDFpNXGbGH0bwpAK
इन्स्युरेन्स कम्पनिका अनुसार घरकाे क्षति बिवरण प्राविधिक मुल्यांकनका आधारमा ५०हजार देखि ५लाख सम्म बिमा रकम उपलब्ध गराउने जनाएकाे छ।
बर्षायाममा जनताहरुकाे घर भत्किने र घर पुर्ण निमर्ण गर्न आर्थिक समस्याकाे साम्ना गर्नु पर्ने भएकाेले पालिकाले जाेखिमा रहेका घरहरुकाे बिमा गरि दिएकाे नगर प्रमुख धर्मराज शाही (पाेषण)ले बताएका छन ।
तेसै घर बिमा बनाए बापत वडा न.६ निवसि परेक फडेराले
आज एक लाख ५३हजार छयालिस रुपैयाँ इन्स्योरेन्स कम्पनिले उपलब्ध गराउदा खुसि ब्याक्त गरेका छन ।
एक सामान्य कार्यक्रमकाे बिचमा नगर प्रमुख घर्मराज शाही, उप प्रमुख मनिराज बराल र प्रमुख प्रशासकीय अघिकृत जवान सिंह बम द्बारा पिडित फडेरालाई चेक हस्तान्तरण गरिएकाे थियाे।














प्रतिक्रिया दिनुहोस्