एसइई २०८० काे नतिजा प्रकाशित
असार १३ , सुर्खेत
माध्यमिक शिक्षा (एसइई ) २०८० काे नतिजा प्रकाशित भएको छ । नतिजामा ४७.८६ प्रतिशत विद्यार्थी पास भएका छन भने ५२.१४ प्रतिशत विद्यार्थी अउतिर्ण भएको छन ।देशभरि बाट १८६ जना विद्यार्थीले उत्कृष्ट अंक चार जिपिए ल्याउन सफल भएको छन । विविध कारण १२१ परिक्षारथिकाे नतिजा रद्द भएको छ । देशभरि बाट ४६४७८५ विद्यार्थी एसइई परिक्षामा सहभागी भएका थिए ।
परीक्षा चैत १५ देखि सुरु भए र २७ गतेसम्म संचालन भएको थियो । यो बर्ष प्रत्येक बिषयमा पास हुन न्यूनतम ३५ अंक ल्याउन पर्ने व्यवस्था गरिएको कारण धेरै विद्यार्थी अउतिर्ण भएको देखिन्छ ।
नतिजा हेर्न काे लागि नेपाल टेलिकमका IVR , SMS, तथा website मार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।
प्रकाशित मिति : २०८१ असार १३ गते बिहिवार














प्रतिक्रिया दिनुहोस्