जुम्लाको दुर्गम ठाउँमा माेबाइल टावर बन्दा स्थानीयवासी खुसी
बैशाख २८ , जुम्ला
जुम्लाको दुर्गम ठाउँमा माेबाइल टावर बन्दा स्थानीयवासी खु सी भएका छन् ।जुम्ला जिल्लाको तिला गा.पा. वडा नं.९ ढिपुको चरापानिमा माेबाइल MWDR ७७४ एनटिसी 2G र 4Gटावर सेवा सञ्चालनमा आए पछि स्थानीय वासी खु सी भएका हुन।
यो सेवा सुरु हुँदा जुम्ला जिल्लाका राशा, मालापानी, रिपी, सुडी रुखेडा मा वि लगायतका आमसेवा ग्राहीले सेवा लिन पाउने भए कादछन । यसमा सहयोग गर्ने ने क पा एमाले केन्द्रीय सदस्य ,जुम्ला जिल्ला पालिका इन्चार्ज तथा निवर्तमान तिला गा.पा. अध्यक्ष रतन नाथ योगी वर्तमान अध्यक्ष मोतिलाल रोकाया उपाध्यक्ष गोरीकला बुढा र समाज सेवी मदन बोहोराकाे पहलमा NTC टावर निर्माण भएको स्थानीय वासी समाजसेवी मध्यपश्चिम विश्वविद्यालय पत्रकारीता स्नातकोत्तर तह अध्ययनरत विद्यार्थी गाेविन्द बहादुर रावतले स्वाभिमान खबरलाई बताएका छन् ।
जुम्लाका नागरिकले हप्तौं दिन सम्म पनि सुचना तथा संचार सेवा लिन धेरै दु ख गर्नुपर्ने बाध्यता अब अन्तय हनेछ । सेवा ग्राही विश्वसंग सुचना तथा सञ्चार सेवामा जाेडिने भएका छन । अब सबैको हातहातमा माेबाइल सबैले छिटोभन्दा छिटो सेवा लिन पाउने छन् । टावर काे लागि एन्टिना जडान र ढुवानी मा आर्थिक सहयोग तिला गा.पा.+ वडा नं ९ गरेको छ ।















प्रतिक्रिया दिनुहोस्