२०८३ भाद्र ३० गते मङ्गलवार

मध्यपश्चिम विश्वविद्यालय उपकुलपति गौतमले गरे पदभार ग्रहण



मध्यपश्चिम विश्वविद्यालय उपकुलपति गौतमले गरे पदभार ग्रहण

बैशाख २४ , सुर्खेत
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुब कुमार गौतमले पदभार ग्रहण गरेका छन् । विश्वविद्यालयकाे सहभाह हल कुनेपानिमा एक कार्यक्रमकाे आयोजना गरि ४ बर्षिय कार्यकालको पदभार ग्रहण गरेका हुन ।

पदभार कार्यक्रम संगै विश्वविद्यालयले उपकुलपति गौतमलाई स्वागत समेत गरिएकाे थियो । पदभार कार्यक्रममा आफ्नो धारणा राख्दै उपकुलपति गौतमले विश्वविद्यालय राम्राहरु संगै राम्राले चलाउनुपर्ने विशेष वाक्ययुक्ति राखेर सम्पूर्णकाे ध्यानाकर्षण गरेका थिए ।

विश्वविद्यालयमा हुने तालाबन्दी आन्दोलनलाई इङगित गर्दै विश्वविद्यालय सबैको सहयाेग र सहकार्य बाट चल्ने विशिष्टकृत विश्वविद्यालय बनाउन सबैले सयाेग गर्नुपर्ने पनि बताउनुभयो ।विश्वविद्यालय बनाउन सबै तहका सरकारले सयाेग गर्नुपर्ने विश्वका विकसित देशको अभ्यास त्यो रहेको अनुभव सुनाउनुभयो ।

आफुले शिक्षण गरेका विश्वका २० भन्दा बढी विश्वविद्यालयकाे शिक्षण लामो समयकाे ज्ञान अनुभवबाट याे विश्वविद्यालयकाे चौतर्फी विकासमा लाग्ने प्रतिबद्धता जाहेर गर्दै यो विश्वविद्यालय सबै कर्णाली वासीकाे साझा विश्वविद्यालय भएको सबै मिलेर याे विश्वविद्यालय बनाउ सुझाव दिनुभयो । पदभार तथा स्वागत कार्यक्रममा विश्वविद्यालयका सबै सराेकारवाला निकाय तथा प्रतिनिधिकाे उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख २४ गते सोमवार