मध्यपश्चिम विश्वविद्यालय उप कुलपतिमा प्रा डा धुब्र कुमार गौतम नियुक्त ।
बैशाख १८ , सुर्खेत
प्रधानमन्त्री तथा विश्वविद्यालय कुलपति पुष्पकमल दाहल प्रचण्ड ले मध्यपश्चिम विश्वविद्यालयकाे उप कुलपति नियुक्त गरेका छन् ।मध्यपश्चिम विश्वविद्यालयकाे उपकुलपतिमा प्रा डा धुब्र कुमार गौतम नियुक्त भएका हुन ।
विश्वविद्यालय उपकुलपति छनोटकाे लागि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीको संयोजकत्वमा छनोट तथा सिफारिस समिति बनेको थियो । समितिले बैशाख १३ गते प्राडा ध्रुवकुमार गौतम, प्राडा नन्दबहादुर सिंह र प्राडा देवबहादुर खड्काको नाम सहित ३ जनालाई उपकुलपति काे लागि कुलपति समक्ष सिफारिस भएको थियो ।
छनोट समितिले प्रस्तुति तथा अन्तरवार्ता काे आधारमा छनोट गरेर पठाएको हाे । पठाएका तीन जना मध्ये गौतम मध्यपश्चिम विश्वविद्यालयकाे उपकुलपति हुन सफल भएका छन् । यस विश्वविद्यालयकाे पुर्व उपकुलपतिकाे कार्यकाल फागुन १७ गते सकिएको थियो । यस बिचमा केसर सिंह राना उपकुलपति नियुक्त भएका थिए ।














प्रतिक्रिया दिनुहोस्