सहिद दिवसको अवसरमा युवा संगठन नेपालले सरसफाइ कार्यक्रम गर्याे ।
१६ माघ , कालिकोट
सहिद दिवसको अवसरमा युवा संगठन नेपालले सरसफाई कार्यक्रम गरेको छ । कालिकोट जिल्लाकाे पचालझरना गाउँपालिका १ सिकुमा रहेको सरस्वती मा वि मा सरसफाई कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रम युवा संगठन नेपाल मध्य कर्णाली ब्युरो काे आयोजना र विद्यालयकाे समन्वयमा कार्यक्रम भएको थियोे । कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा मध्य कर्णाली ब्युरो इन्चार्ज मिनेश सि विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गाेकुल खड्का विद्यालयका शिक्षक र विद्यार्थीकाे उपस्थितिमा भएको हाे ।युवा संगठन नेपालले सहिद सप्ताह भरि बिशेश कार्यक्रम आयोजना गरि मनाउने गर्द छ ।
कार्यक्रम पछि मिनेश सिले आयोककाे तर्फबाट उपस्थिति सबैलाई धन्यवाद दिदै कार्यक्रम सम्पन्न गरेका छन । सरकारले पनि माघ १६ गतेलाई सहिद दिवसको रुपमा म
नाउने गरेकाे छ । नेपाल कम्युनिस्ट पार्टीले पनि सहिद दिवस लाई विविध कार्यक्रम गरि सहिदलाई सम्झने र समान गर्ने गरेको छ ।














प्रतिक्रिया दिनुहोस्