भुकम्प प्रभावित क्षेत्रमा नेकपाद्धारा निरन्तर उद्धार,राहत, र उपचारको कार्य जारी
२१ कार्तिक २०८०, मंगलवार
जाजरकोट
नेपाल कम्युनिष्ट पार्टीको उद्धारकर्मीहरुको टिमले भुकम्प प्रभावित जिल्लामा निरन्तर उद्धार,राहत, र उपचारको कार्य निर्नतर जारी राखेको छ ।
शनिबार देखि नेपाल कम्युनिष्ट पार्टीले डाक्टर प्रकाश सी, डा.मान्यता सी, डा.पिताम्वर सी लगायतका डाक्टरहरुको टिमलाई पनि निरन्तर विरामीहरुको उपचारकाे निम्ति खटाएको छ ।

स्वास्थ्यकर्मीहरुको टिमले पनि कोही स्वास्थ्यकर्मीहरु पुग्न नसकेका विकट ग्रामीण इलाका नलगाड लगायतका बस्तीहरुमा पुगेर भूकम्पबाट घाईते भएकाहरुको उपचार गरिरहेको छ । उपचारमा मात्र नभएर नेकपा उद्धार तथा राहत वितरणको काम पनि गर्दै आएकाे छ ।

नेपाल कम्युनिष्ट पार्टीका दक्षिण कर्णाली व्यूरो इन्चार्ज संगम सीको नेतृत्वमा नेकपाका केन्द्रीय सदस्य हिमशिखर सी,योद्धा सी,कमल सी लगायतका नेता कार्यकर्ताको टिमले उद्धार,राहत,सहयोगको काम गरिरहेको छ ।














प्रतिक्रिया दिनुहोस्