एमसीसी कार्यान्वयन गर्न खोजे राष्ट्रिय मुक्ति मोर्चा बनाई प्रतिरोध गर्नुपर्छ प्रकाण्ड सी
१३ भाद्र,काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले एमसीसी जवर्जस्त कार्यान्वयन गर्न खोजे नेपालमा राष्ट्रिय मुक्ति मोर्चाको गठन गरी प्रतिरोध गर्नुपर्ने वताएका छन ।https://youtu.be/rQgY8WSI18I?si=dn01LyiQqLl2T0oG
बुधवार नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा कुरागर्दै प्रवक्ता प्रकाण्डले नेपालमा एमसीसी कार्यान्वयन भए नेपाल, नेपाल नरहने भएकाले त्यस विरुद्ध राष्ट्रिय मुक्ति मोर्चा बनाई प्रतिरोध गर्नु पर्ने वताएका हुन ।
उनले एमसीसीबाट अमेरिकी साम्राज्यवादले नेपाललाई दक्षिण एशियाको युक्रेन बनाउन खाजेको भन्दै एमसीसीका कारण नेपाल अमेरिकाको क्रिडास्थल हुने ठोकुवा गरे ।
उनले समाजवादी मोर्चाको तर्फवाट प्रधानमन्त्री प्रचण्डलाई कार्यान्वयनमा हस्ताक्षर नर्गन अनुरोध गर्ने र सम्भव त कार्यान्वयन रोकिने विश्वास व्यक्त गरे ।
सरकारले यदि एमसीसी कार्यान्वयनको हस्ताक्षर रोक्न सकेन भने नेपालमा सवै देशभक्त,क्रान्तिकारी,वुद्धजीवी,प्रगतिशील लोकतन्त्रवादी सवै शक्तिहरु एक भएर प्रतिरोध गर्नु पर्ने वताए । उनले त्यसका लागि नेपालमा आफ्नो पार्टीले राष्ट्रिय मुक्ति मोर्चा गठनको पहल गर्ने र देश नयाँ ठाउँमा जाने वताए ।
प्रवक्ता प्रकाण्डले भने ’राति राति अमेरिकाको रक्सी र पैसा खाएकाहरु कार्यान्वयन गर्ने कसरतमा छन । रक्सी र पैसा खाएर एमसीसी ल्याउनेलाई कुनै पनि हालतमा नेकपाले छुट दिन सक्दैन ।’
उनले विदेशीको सासवाट सास लिएर वाँचेकाहरुले नेपालमा एमसीसी विकास हो भनेर भ्रमछरेको भन्दै एमसीसी विकास नभएर नेपाली जनता र राष्ट्रको विरुद्धको परियोजना भएको ठोकुवा गरे ।
उनले नेपालका दलालहरुले एमसीसीका कारण ठुलो मल्य चुकाउने पर्ने चेतावनी पनि दिए ।
प्रवक्ता प्रकाण्डले अमेरिकाको नेपाल स्थित दुतावासले संसदवाट घोषणा गरिएको १२ वुदे व्याख्यात्मक टिप्पणीमा सहमत छौ भनेको छ नि ? भनेर सोधेको प्र्रश्नमा प्रवक्ता प्रकाण्डले भने त्यो दुतावासले भनेर होइन । अमेरिकी सरकारले भन्नु पर्छ ।
१२ वुदे व्याख्यात्मक एमसीसीको अंग हो भन्नु पर्छ । अनि मात्र थोरे सुधार हुन सक्छ । उनले एमसीसी नै नेपालको लागि आवश्यक नभएको भन्दै अमेरिकाले यदि नेपाललाई सहयोग दिन चाहे अरु परियोजना मार्फत दिन आग्रह गरेका छन।














प्रतिक्रिया दिनुहोस्